• Tuin
  • Aadha Joon
  • Prayogsala
  • China harayeko manche

Featured titles



View all books

Recent news updates

Tuin

 द्वन्द्वको घाउ र त्यसले निम्त्याएको पीडाको लेखाजोखा भने भइरहेकै छ, साहित्यमार्फत। त्यही द्वन्द्वको सेरोफेरोमा बुनिएको कथा हो, तुइन।
News Update / 27 February 2014
Read more

Upcoming title

Mero Samaye- Kishor Nepal


Mero Samaye


चिना हराएको मान्छे

more...
चिना हराएको मान्छे
close

हरिवंश आचार्य नाम नै एउटा महत्वपूर्ण परिचय हो । संसारमा विरलै कोही नेपाली होलान्, जसलाई उनका बारेमा थाहा नभएको होस् । संसारमा विरलै नेपाली होलान्, जसलाई उनका बारमा सबै कुरा थाहा भएको होस् । रङ्गमञ्च र पर्दाका माध्यमबाट त उनलाई प्रायः सबैले देखेका र चिनेका छन् । उनी असल र महान् कलाकार मात्र होइनन् बेलाबेलामा भएका महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तनका अभियन्ता पनि हुन् । यस्ता बहुआयामिक व्यक्तित्वको जीवन कस्तो छ ? अभिनय गरेर अरुलाई पेट मिचीमिची हसाउने र धरधरी रुवाउन पनि सक्ने यी महान् कलाकार आफ्नो वास्तविक जीवनमा कति हासेका छन् र कति रोएका छन् त ? यस्ता अनेक प्रसङ्गहरुको बेलिबिस्तार चिना हराएको मान्छे पुस्तकमा छन् । यो पुस्तक पढेपछि हामी उनलाई आफ्नो सबैभन्दा नजिकको आफन्तलाई झैँ चिन्नेछौँ ।

कर्नाली ब्लुज

more...
कर्नाली ब्लुज
close

छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो कर्नाली ब्लुज । सानो छँदा आफ्ना पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान् ठान्ने छोराले आफ्नो हुर्काइसँगै आफ्ना पिताबारे धारणाहरु फेर्दै जान्छ । उपन्यासको कथा सुदूर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै पहाड कालिकोटसम्म गाँसिन्छ । चन्द्रे, ममता दिदी, भागीराम, बाटु, शिवशङ्कर, सद्धाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कु जस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन् । उपन्यासमा बाल्यकालका बिठ्याँइहरु छन्, र छन् फरकफरक पात्रका मन छुने कथाहरु । उपन्यासमा कैयौं दृश्य हास्यप्रधान छन् त कैयौं हृदय छुने ।

समर लभ

more...
समर लभ
close

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल सान्इन्स (सीडीईएस), कीर्तिपुर । इन्ट्रान्सको रिजल्ट हेर्न सीडीईएस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम— साया । देखेको सायालाई होइन, नामलाई । नामैले छटपटाएको ऊ जब सायालाई देख्दा पानीपानी हुन्छ— उसका क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरू हुन्छ उनीहरुको दुईवर्षे कलेज रोमान्स । बिस्तारै रोमान्स प्रेममा परिणत हुन्छ तर के उनीहरुको प्रेम सफल हुन्छ ? तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरुको रमाइलो कथा हो समर लभ । यो पुस्तक पढ्दा पटक्कै झिँजो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुतकुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरून्जेल हँसाउने हाँस्यरस । कथाकी पात्र शीर्षक कथासङ्ग्रह (२०६७) बाट नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका युवा आख्यानकार सुबिन भट्टराईको दोस्रो कृति समल लभ (२०६९) पहिलो उपन्यास हो ।

कथाकी पात्र

more...
कथाकी पात्र
close

अधिकांश कथा सहरिया युवापुस्ताको दिनचर्या, रोमान्स, यौन, कलेज गसिप, विभिन्न सम्बन्धका आयाममा केन्द्रित छन् । मान्छेका अन्तरकुन्तर छिचोलेर त्यसलाई कौतुहलपूर्ण रुपमा प्रस्तुत गर्नु सुबिनको विशेषता हो । अरुको ख्यालै नगरेका सामान्य एवं सुक्ष्म विषयलाई टिपेर कथाको बान्की दिन सुबिन खप्पिस देखिन्छन् । उनका कथा सरल भइकन पनि व्यङ्ग्यबोधी, सटिक अनि अर्थपूर्ण र दर्शनयुक्त लाग्छन् । कथाका कतिपय पात्रले पाठकको मनलाई कैयौँ दिनसम्म चिमोटिरहन्छन् ।

सेतो धरती

more...
सेतो धरती
close

आफ्नो पहिलो आख्यान पानीको घामका लागि पद्मश्री सम्मान प्राप्त गरेका अमर न्यौपानेको दोस्रो उपन्यास सेतो धरती एक बालविधवाको दर्दनाक कथा हो । यसमा मुख्य पात्र ‘तारा’ ले अठहत्तर वर्षको उमेरमा जन्मदेखिको आफ्नो विडम्बनापूर्ण कथा भनेकी छन् । नेपालमा ठूलो भुइँचालो आएको वर्ष ‘नब्बे साल’ बाट आरम्भ भएको उपन्यास भुइँचालोभै सुरू भएर भुइँचालोभै अन्त्य हुन्छ । सामाजिक संस्कारका कारण जीवनभर अभिशप्त भएर नियतिको सजायँ भोगेकी ‘तारा’ का जीवनका विडम्बनाहरुसँग अन्य पात्रहरुको पनि विडम्बनापूर्ण कथा जोडिएर आउँछ । आञ्चलिकतासँगै सुन्दर भाषामा लेखिएको सेतो धरती २०६८ को मदन पुरस्कार प्राप्त कृति हो ।

पानीको घाम

more...
पानीको घाम
close

विचारात्मक तहमा ‘पानीको घाम’ समाजशास्त्रीय छ, किन्तु त्यो समाज शास्त्रीय कलादर्शनद्वारा निरुपित छ । यो नेपालगन्जको आख्यानात्मक समाजशास्त्र हो ।

ओपन सेक्रेट

more...
ओपन सेक्रेट
close

यो पुस्तकको मुख्य उद्देश्य नेपाल अन्तर्राष्ट्रिय अपराधीको क्रीडास्थल बनिरहेको र अपराधको सिक्रीमा राजनीतिक पार्टीहरु, प्रहरीप्रशासन, न्यायिक निकाय र स्थानीय अपराधीहरु गाँसिएका छन् भन्ने उजागर गर्नु हो । यो उद्देश्यमा लेखक सफल छन् । नेपालमा भएका र राष्ट्रिय चर्चामा आएका जघन्य हत्याका मुद्दाहरुका सम्बन्धमा पनि लेखकले नयाँ तथ्यहरु उद्घाटित गरेका छन् । व्यावसायिक तथा सङ्गठित अपराधीद्वारा गराइएका हत्या घटना अनुसन्धान पक्षको अध्ययनबाट लेखकले घटनाअघि र पछिका प्रहरी सक्रियताभन्दा आपराधिक समूहको प्रभावकारिता बढी देखिएको वास्तविकतासमेत छर्लङ्ग पारेका छन् । आ–आफ्ना स्वार्थसिद्धिका लागि भारत र पाकिस्तानका खुफिया एजेन्सीहरु नेपालमा सक्रिय रहेको र तिनीहरुको नेपालका राजनीतिक पार्टी, व्यापारिक घराना, बौद्धिक वर्ग, विद्यार्थी र सुरक्षा निकायमा पहुँच विस्तार भइसकेको रहस्य पुस्तकले उदाङ्गो पारेको छ ।

सिपाहीकी स्वास्नी

more...
सिपाहीकी स्वास्नी
close

संवेदनशील र समसामयिक सिर्जनशीलताबाट यथार्थवादी अनुभूति पोखिएका महेशविक्रम शाहका कथाहरुले जीवनका नौला मर्महरुको उद्घाटन गरेका छन् । आञ्चलिकता, द्वन्द्व र ग्रामीण मानवजीवनका कारूणिक दृश्य, विदेशी भूमिको स्थानीय परिवेशलाई सरल र सरस शैलीका कथामार्फत यथार्थ अङ्कन गर्ने सीप कथाकार शाहको विशेषता हो ।